मायादेवी अनलाइन, भलवाड ।
रायमाझी कुल देवता जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा स्वर्गीय शिव बहादुर रायमाझीको ५ औं पुण्य तिथिको अवसर पारेर आज श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । श्रद्धाञ्जली सभामा १ मिनेट मौन गरी उनको जीवनीको बारेमा चर्चा गरिएको थियोे । नीज रायमाझी नेपाल प्रहरी संगठनको प्रहरी नायब निरिक्षकमा सेवारत थिए । उनको कोरोना भाइरसको कारण निधन भएको थियो ।
शोक सभामा रायमाझी कुल देवता समितिका केन्द्रिय सदस्य कमला रायमाझी, जित बिकास रायमाझी, समाजसेवी ध्रुव रायमाझी लगायतले स्वर्गीय शिव बहादुर रायमाझीको निधनले रायमाझी परिवार, समाज र राष्ट्रलाई अपुरणीय क्षति भएको र यस शोकलाई शक्तिमा बद्ल्नु पर्ने कुरा बताएका थिए ।
कार्यक्रम रायमाझी कुल देवता जिल्ला कार्य समितिका अध्यक्ष विष्णु बहादुर रायमाझीको अध्यक्षता केन्द्रिय सदस्य जित बिकास रायमाझीको प्रमुख आतिथ्यता रहेकोे कार्यक्रम सचिव यमेन्द्रजंग रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।







प्रतिक्रिया