२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सल्यानमा खोलाले बगाउँदा बालकको ज्यान गयो




सल्यान ।
सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ ।

खोलाले बगाउँदा सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे जारढुङ्गाका १२ वर्षीय बालक ओमकार वलीको ज्यान गएको हो । खोलाले बगाउँदा बालककी ३२ वर्षीया आमा दिलसरा वली घाइते हुनुभएको छ ।

शनिवार बेलुका गोठालोबाट घर फर्किँदै गर्दा गोगनपानीमा चोरपाटा खोलाले आमा र छोरा दुवै जनालाई बगाएको थियो ।

३० मिटर तलसम्म बगेर आमा बच्न सफल हुनुभएको थियो । ओमकारको शव ४ सय मिटर तल भेटिएको छत्रेश्वरी गाउँपालिका-४ का वडाअध्यक्ष नेवबहादुर खड्काले बताउनुभयो ।

दिलसराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८ आइतबार ००:००  १ : १० बजे