मायादेवी अनलाइन, चारनम्बर ।
जनता समाजवादी पार्टी (जसपा)का कपिलवस्तु अध्यक्ष शैलेन्द्र कुमार यादवले जिल्ला भित्र पार्टीले हाल कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरेको स्पष्ट पार्नुभएको छ ।
महन्थ ठाकुर पक्षले आउँदो मंगलबार जिल्लामा कार्यकर्ता भेला आयोजना गर्न लागेको सन्दर्भमा जसपा कपिलवस्तुले आइतबार एक प्रेस विज्ञप्ति निकालेर भ्रममा नपर्न आफ्ना आम नेता तथा कार्यकर्तामा आग्रह गरेको छ ।
अध्यक्ष यादवद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘साउन २६ गते मंगलबारका दिन जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला राखिएको भनि कलोकल्पित, निराधार र भाम्रक प्रचार प्रसार गरेको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
उक्त भ्रामक सूचना अनुसार कुनै पनि कार्यक्रम पार्टीबाट आयोजित नरहेको सबैमा जानकारी गराइन्छ, विज्ञप्तिमा भनिएको छ ।

लामो समय देखि जसपाको केन्द्रमा देखिएको विवाद कपिलवस्तुमा पनि देखिएको हो । पार्टीको आधिकारीकता उपेन्द्र यादव पक्षले पाए पछि महन्थ ठाकुर पक्ष संकटमा परेको छ ।
पार्टी भित्र अल्पमतमा परेको ठाकुर पक्षले अहिले जिल्ला जिल्लामा कार्यक्रम गर्दै हिडेको छ । नयाँ पार्टी गठनमा तत्काल नलागेको जसपाको ठाकुर पक्ष कसरी अगाडी बढ्छ सबैले चासोको रुपमा हेरेका छन् ।







प्रतिक्रिया