२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुमा २५ गतेबाट लेखापढी व्यवसाय बन्द गर्ने निर्णय



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाल लेखापढी कानून व्यवसायी एशोसियशन कपिलबस्तु तौलिहवाले २५ गतेबाट लेखापढी गर्ने काम बन्द गर्ने निर्णय गरेको छ । गत बिहीबार सेवाग्राही र लेखापढी बीच भएको बिवादका कारण व्यवसाय बन्द गर्ने निर्णय भएको लेखापढी एशोसियशन कपिलवस्तु तौलिहवाले जनाएको छ ।

सेवाग्राही बिक्रम बेलबासे र लेखापढी सदस्य दिपेन्द्र पाण्डेयबीच विवाद भएपछि सेवाग्राहीले लेखापढी व्यवसायी पाण्डेयलाई बिना कारण प्रहरी हिरासतमा पु¥याएको विरोधमा मालपोत कार्यालयमा हुने सबै लेखापढी बन्द गर्ने निर्णय भएको लेखापढी एशोसियशन कपिलवस्तुका अध्यक्ष बिष्णु प्रसाद मौर्याले जानकारी दिनु भयो ।

अनलाइन सेवा (भू-सेवा) सुचारु भएपछि काम ढिलाई भएको कारण सेवाग्राही बेलबासे र लेखापढी सदस्य पाण्डेयलाई बीच हातपात भएको थियो ।

प्रहरीले एक पक्षिय कुरा सुनेर लेखापाढी व्यवसायीलाई पक्राउ गरी हतोत्साहित गरेर थुनामा राखेकाले बाध्य भई सेवा बन्द गर्नु परेको व्यवयायीको दाबी छ ।

आफुहरु मेलमिलापको पक्षमा रहेपनि प्रहरीले एक पक्षिय कुरा सुनेर पाण्डेयलाई थुनामा रखेको कारण २५ गतेबाट बन्द गर्न निर्णय भएको एशोसियशन कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८ आइतबार ००:००  २ : १६ बजे