२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ




पाल्पा ।
पाल्पामा किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ गर्नेमा रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरी स्थायी ठेगाना भइ हाल तानसेन नगरपालिका–४ बस्ने २३ वर्षीय मीनबहादुर सारु रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिएका छन्‌।

आरोपित सारुले गएको शनिबार १३ वर्षीया किशोरीलाई बलात्कार गरेका बुझिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  १ : ०९ बजे