मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा आज (सोमबार) बाट जेसिज सप्ताह सुरु भएको छ । जेसीज सप्ताह अन्तरगत खेलकुद सामग्री हस्तान्तरण, स्वास्थ्य शिविर, हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रम गरिने जेसीज (२०२१) का अध्यक्ष भिमकान्त भट्टराईले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी वाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले जेसीजको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सामाजिक काममा जोडिन भन्दै वडाले पनि सहयोग तथा सहकार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा कपिलवस्तु जेसीजका पूर्व अध्यक्षका पूर्व अध्यक्ष उमानाथ पौडेल, कैलाश आश्रम धाम धार्मिक वनका अध्यक्ष खुमलाल शर्मा, प्राचार्य कृष्ण प्रसाद पोख्रेल लगायतले जेसीजमा आवद्ध युवाहरुले यस क्षेत्रमा रचनात्मक काम गर्दै आएको भन्दै प्रशंसा गर्नुभएको थियो ।।
उक्त अवसरमा जेसी मदन पौडेलले जेसीज आस्था पाठ पढेर सुनाउनुभएको थियो ।
मूल संयोजक प्रविण पौडेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन जेसीजका महासचिव अमृत घिमिरेले गर्नुभएको थियो ।







प्रतिक्रिया