२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

सिद्धबाबातर्फ गुडिरहेको जीपमा ढुंगा खस्दा ४ घाइते, एकको अवस्था गम्भीर




बुटवल ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल – पाल्पा सडक खण्डमा चलिरहेको बोलेरो जीपमा ढुंगा खसेर लाग्दा बोलेरो जीप तिनाउ नदिमा खसेको छ । मंगलबार विहान करिब १० बजे सिद्धबाबादेखि केहि अगाडि हेडबक्स नजिकबाट उक्त बलेरो तल नदी खसेको हो । बा १८ च ७३३६ नम्बरको बोलेरो दुर्घटना हुँदा ४ जना घाइते भएका हुन्। घाईते हुनेहरुमा ५४ वर्षिय बाबुराम पाण्डे, २२ वर्षिय बिनोद पाण्डे, १८ वर्षिय अमित बस्याल र ४२ वर्षिय गं‌गा दराई रहेका छन् । उनीहरु सबै पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्साका हुन्। उनीहरु मध्य बाबुराम पाण्डेको अवस्था गम्भिर रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८ मंगलबार ००:००  १२ : ५९ बजे