भैरहवा ।
भारतीय चालकको हत्या गरी चामल लुटपाट गर्ने समूहलाई रुपन्देहीमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । साउन १७ गते भन्सार भई नेपाल आएको १८ लाख बढि मुल्य बराबरको चामल सहितको ट्रक र चालक सम्पर्कमा नरहेको भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरीले साउन २० गते नै सिद्धार्थनगर नगरपालिका वडा नं १३ डण्डा खोलामा पानीमा तैरिरहेको अवस्थामा चालक भारत महाराजगंज ग्राम एकडेगवा टोल बस्ने तौफिक अहमद पठानको सव फेला परेको थियो ।
पठानको हत्यामा संलग्न रहेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालीका वडा नं ६ निवासी ३० बर्षीय सद्धाम कुजडा, सोही स्थानका २७ बर्षीय रिजवन भन्ने अलि मुसलमान, २८ वर्षका महेश कहार र तनहुँ शुक्लागण्डकी १० बस्ने २७ वर्षका सुनिल पौडेललाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार सार्वजनिक गरेको हो ।
भारतीय नम्बर प्लेटको युपी ५३ एटि ०१४१ नम्बरको ट्रकका चालकको हत्या गरि उनीहरुले ट्रकमा रहेको चामल लुटेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए ।







प्रतिक्रिया