२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

कुलमान घिसिङले बुझे नियुक्तिपत्र, प्राधिकरणमा स्वागतको तयारी



काठमाण्डौ ।

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्ति पत्र दिनुभएको छ । घिसिङलाई केही बेरमा नेपाल विद्युत् प्राधिकरणमा स्वागतको कार्यक्रम रहेको छ । मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा लैजाने निर्णय गरेको हो । प्राधिकरण स्रोतका अनुसार शाक्यले हिजो मङ्गलवार प्राधिकरणमा पुगेर अनौपचारिक रूपमा विभागीय प्रमुखलगायतसँग भेटघाट गरी बिदा लिनुभएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८ बुधबार ००:००  १ : ५० बजे