२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

सिटिइभिटि संचाललनमा जनता नमुना मावि उत्कृष्टः उपाध्यक्ष अधिकारी



चेतन विष्ट, चारनम्बर ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि) का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले कपिलवस्तुको जनता नमुना माविको प्रसंसा गर्नु भएको छ ।

बाणगंगा नगरपालिका २ पिपरामा रहेको विद्यालयको मंगलबार अवलोकन गर्दै अधिकारीले विद्यालयमा संचालित प्राविधिक कक्षा, प्रयोगशाला र व्यवस्थापन उत्कृष्ट रहेको भन्दै प्रसंसा गर्नु भएको हो ।

अधिकारीले सिटिइभिटिका कक्षा संचालन र ब्यवस्थापनको सन्दर्भमा जनताले छोटो समयमै आवश्यक पुर्वाधारहरु तयार गरेको, नमुना प्रयोशाला बनाएको आफूले पाएको बताउनु भयो ।

उहाँले आगामी दिनमा विद्यालयले उत्कृष्टता हासिल गर्नेमा विश्वास ब्यक्त गर्नुभयो ।
अवलोकनका क्रममा प्रदेश सांसद विष्णु पन्थीले जनता माविको बहुआयामिक शैक्षिक योगदानको चर्चा गर्दै विद्यालयलाइ देशकै सर्वोत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न सबै लाग्नु पर्ने बताउनु भयो ।

प्राचार्य रमेश पन्थीले विद्यालयको बारेमा अवगत गराउनु भएको थियो । अवलोकन भ्रमणमा आएको टोलीलाई प्रधानाध्यापक पन्थीसंगै वाणगंगा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष विष्णु प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि प्रसाद पाण्डे लगायतलेस्वागत गर्नु भएको थियो ।

विद्यालयले प्लस टुतर्फ विज्ञान, ब्यवस्थापन, मानविविकि र शिक्षाशाष्त्र संकाय र प्राविधिक तर्फमा ब्याचलर अफ इन्जिनियरिङ, फरेष्टि, यनिमल साइन्स, भेटनेरी लगायतका कक्षा संचालन गरिरहेको छ ।

No description available.

प्रकाशित मिति : २७ श्रावण २०७८ बुधबार ००:००  २ : ११ बजे