२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

नयाँ सरकार गठनका लागि लुम्बिनी प्रदेश प्रमुखद्वारा आह्वान



बुटवल ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। बुधबार सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन्। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अर्को सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका हुन्।

प्रदेश प्रमुख शेरचनने संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि साउन २८ गते बिहीबार अपरान्ह ३ बजेभित्र दाबी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आह्वान गरेका हुन्। मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका थिए।

प्रकाशित मिति : २७ श्रावण २०७८ बुधबार ००:००  ५ : १२ बजे