२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

जनघनत्व बढी भएका क्षेत्र खोप प्राथमिकतामाः राज्यमन्त्री श्रेष्ठ



काठमाडौं ।

सरकारले अब जनघनत्व धेरै भएको क्षेत्रलाई प्राथामिकतामा राखेर कोरोनाविरुद्धको खोप अभियान सन्चालन गर्ने भएको छ। काठमाडौं र तराईका धेरै जनघनत्व भएको क्षेत्रमा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन्।

संसदमा सार्वजनिक महत्व विषयमा सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले विभिन्न खालका व्यवसाय धेरै हुने क्षेत्रमा समेत प्राथमिकताका साथ खोप लगाइने बताए। यस्तै हाल धेरै संक्रमण रहेको १५ वटा जिल्लालाई प्राथामिकता दिएर खोप लगाइने समेत बताए । ‘अबको खोप अभियान नीजि व्यवसायिक क्षेत्र र तराईका क्षेत्रहरुलाई प्राथामिकता दिइएर लगाइने छ,‘ उनले भने। ३३ प्रतिशत जनतालाई खोप लगाउने सरकारको लक्ष्य हुँदा ५ करोड ५० लाख डोज खोप आवश्यक पर्ने समेत उनले बताए।

उनले असार मसान्तसम्म ९७ लाख डोज खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए । नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको उनको दाबी छ। हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको भन्दै उनले भने, ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’

प्रकाशित मिति : २८ श्रावण २०७८ बिहिबार ००:००  ३ : ४६ बजे