२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा



चितवन ।

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको आगलागी बिहान ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो।

आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको उहाँले बताउनु भयो । रासस

प्रकाशित मिति : ३० श्रावण २०७८ शनिबार ००:००  १० : ११ बजे