८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

शंकर पोखरेल : प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी शर्मा ओलीको टाउकोमा हान्ने कोशिश गर्नुभयो



काठमाडौं ।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको टिप्पणी गरेका छन् ।

आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोशिश गरेको उनको आरोप छ ।

‘पुष्पकमल दाहाल प्रचण्ड माओवादीका नेता,उहाँलाई आधार बनाएर हामीले चुनावी गठबन्धन गर्‍यौं । पार्टी एकता गर्‍यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रहेनछ’ पोखरेलले भने, ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोशिश गर्नुभयो ।’ आजको परिणामले त्यही पुष्टि भएको उनले बताए ।

दाङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वाकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोप समेत लगाए ।

प्रकाशित मिति : ३० श्रावण २०७८ शनिबार ००:००  १ : ३४ बजे