८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बाराबाट हराएका चार बालिकाहरुको सकुशल उद्धार



वीरगञ्ज

बाराबाट हराएका चारजना बालिकाहरुको प्रहरीले सकुशल उद्धार गरेको छ । उनीहरुलाई भारतबाट उद्धार गरि आफन्तको जिम्मा लगाइएको छ। देवताल गाउँपालिकाबाट हराएका चार जना बालिकाहरुलाई खोजी गरि परिवारको जिम्मा लगाइएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

गाउँपालिकाको वडा नम्बर १ बडकी फुलवरिया टोलका नरेश साह गोठकी १२ , १०, ८ र ६ वर्षीया चार छोरीहरु गत साउन २७ गते बुधबारदेखि हराएका थिए। उनीहरुलाई भारतको श्रीसियाबाट उद्धार गरेको मिश्रले बताए ।
भारतीय प्रहरीसँगको समन्वयमा हराएकी बालिकाहरुको सकुशल उद्धार गरि परिवारलाई जिम्मा लगाइएको उनले बताए। ती बालिकाहरु कसरी श्रीसिया पुगे भन्ने कुराको अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : ३१ श्रावण २०७८ आइतबार ००:००  १० : १० बजे