७ असार २०८३, आइतबार | Sun Jun 21 2026

दाङमा भेटिएको चितुवालाई बाँके लगियो



दाङ ।

लमही नगरपालिका–८ स्थित गौशालामा गाईलाई आक्रमण गर्न पुगेको चितुवा भान्सा कोठामा थुनिएपछि उद्धार गरिएको छ। डिभिजन वन कार्यलय देउखुरी, राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा चितुवाको सकुशल उद्धार गरिएको हो। चितुवालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्ज लगिएको छ।

चितुवा घाइते अवस्थामा रहेकाले उपचारपछि निकुञ्जमा छाडिने डिभिजन वन कार्यालय देउखुरीका प्रमुख वेसिन्द्रराज सुवेदीले जानकारी दिए।

चितुवा फेला परेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई जानकारी दिएका थिए। डिभिजन वन कार्यालयले बाँके राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर आइतबार उद्धार टोलीलाई बोलाएको थियो।

शुक्रबार मध्यरातमा फन्दामा परेको चितुवालाई आइतबार उद्धार गरेर बाँके लगिएको हो। पछिल्लो समय दाङको देउखुरी क्षेत्रमा चितुवाले मान्छे र पशुचौपायामाथि आक्रमण गर्न थालेको थियो।

प्रकाशित मिति : ३२ श्रावण २०७८ सोमबार ००:००  ६ : ०७ बजे