२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सभामुख सापकोटाको निर्देसन




काठमाण्डौ ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारेमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आज सोमवारको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र उनीहरूको बारेमा यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन पनि दिनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकको सुरुमै समय लिएर नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न सभामुख सापकोटाले यस्तो निर्देशन दिनुभएको हो ।

सभामुख सापकोटाले भन्नुभयो, ‘माननीयज्यूले उठाउनुभएको विषयवस्तुप्रति संसद्को गम्भीर ध्यानाकर्षण भएको छ, सरकारलाई जतिसक्दो छिटो यस विषयमा संसद्लाई जानकारी दिन निर्देशन गर्दछु ।’

तालिबान विद्रोही समूहले अफगानिस्तान कब्जामा लिएपछि अहिले त्यहाँको अवस्थालाई लिएर विश्वभरबाट नै चिन्ता व्यक्त भइरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८ सोमबार ००:००  २ : ४८ बजे