२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

आजदेखि लुम्बिनीको हिउँदे अधिवेशन, यस्तो छ कार्यसूचि



बुटवल ।
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनको आजदेखि शुरु हुन लागेको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्नेगरी नवौं अधिवेशन आह्वान गरेका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत लिने चर्चा भएपनि सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले पहिलो दिनमै विश्वासको मत लिने कार्यसूची नभएको बताए । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची छ ।

मुख्यमन्त्री केसीले हिउँदे अधिवेशन शुरु भएको एक हप्ताभित्रै विश्वासको मत लिने बताएका छन् । उनले मुख्यमन्त्रीको पद सम्हालेपछि अधिवेशन शुरु हुने बित्तिकै विश्वासको मत लिने बताएका थिए ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले पहिलो दिन शुभकामना दिने मात्र कार्यसूची भएको बताए ।

प्रकाशित मिति : १ भदौ २०७८ मंगलबार ००:००  ११ : ०४ बजे