८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राष्ट्रपतिले अध्यादेश अध्ययन गर्दै



काठमाडौं ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले अघि बढाएको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा छ । अध्ययन र रायका लागि भन्दै राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरिसकेको छैन ।

राष्ट्रपतिबाट जारी भएको अध्यादेश राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयन हुनेछ । स्रोतका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा २ संशोधन गर्न लागिएको छ ।

सो उपदफामा भनिएको छ, ‘कुनै दलको केन्द्रीय समिति र संघीय संसद्को संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरूसमेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिनेछैन ।’ ऐनको यो प्रावधानमा रहेको ‘केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य’ भन्ने ठाउँमा ‘केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य’ राखेर संशोधन गर्न लागिएको छ ।

प्रकाशित मिति : २ भदौ २०७८ बुधबार ००:००  ८ : ५६ बजे