२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

प्रदीप नेपालले भनेः म माधव नेपालको मान्‍छे हुँ



काठमाडौँ ।

प्रदीप नेपालले आफु माधव नेपालको मान्छे भएको बताएका छन् । नेपालको नेतृत्वमा बुधबार दर्ता भएको नेकपा एमाले (समाजवादी) को केन्द्रीय कमिटीमा आफ्नो नाम राखेर किर्ते गरेको बताएका नेता नेपालले बिहीबार बिहान आफु नेपालको मान्छे भएको बताएका हुन् ।

उनले नेता नेपालको मान्छे भएको बताए पनि आफु ६ वर्षदेखि कमिटीबिहीन भएकाले अहिले आफ्‍नो कुनै कमिटी नभएको उल्लेख गरेका छन् । म माधव नेपालको मान्छे हुँ उनले भनेका छन् अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीबिहीन अवस्थामा छु।

बुधबार माधव नेपालले नयाँ दलको केन्द्रीय कमिटी सदस्यका रुपमा आफ्नो नाम समेटेर व्यक्तिगत स्वतन्त्रता हनन् गरेको उनले आरोप लगाएका थिए । नेकपा एमालेको केन्द्रीय समिति सदस्यसमेत रहेका प्रदीप नेपालले एमालेको झगडा हुँदा आफू तटस्थ रहेकै भरमा माधव नेपालले कीर्ते गरेर आफ्नो नाम केन्द्रीय कमिटीमा राखेको प्रतिक्रिया दिएका थिए ।

No description available.

प्रकाशित मिति : ३ भदौ २०७८ बिहिबार ००:००  १० : १४ बजे