काठमाडौँ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको रक्षा गर्नका लागि गठबन्धनको सरकारले राजनीतिक दलसम्बन्धीको अध्यादेश ल्याएको बताएका छन् ।
बिहीबार समाजवादी केन्द्र नेपालको कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको अध्यादेशको उद्देश्य संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नका लागि ल्याइएको दाबी गरे ।
ओली सरकारले ल्याएको अध्यादेशको उद्देश्य लोकतन्त्र र परिवर्तनका उपलब्धी, संविधानलाई संकटमा पार्नका लागि ल्याएको उनको भनाइ थियो ।
‘अध्यादेशको विषयमा अहिले डिबेट भएको छ । पहिला र अहिलेको अध्यादेशबीचमा आकाश जमिनको फरक छ । एउटै जसरी बुझियो,‘उनले भने, ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र,संविधान र गणतन्त्रलाई सिध्याउनु थियो भने अर्कोको उद्देश्य प्राप्त उपलब्धीहरुको रक्षा गर्नु हो ।’







प्रतिक्रिया