मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु सामुदायिक हस्पिटल बाणगंगामा आठ बर्षसम्म सेवा पुर्याएका डा. दिपेन्द्र चन्द (सिनियर मेडिकल अफिसर) ले बाणगंगा नगरपालिकामा आफ्नै ‘चन्द पोलिक्लिनक प्राइभेट लिमिटेड’ संचालनमा ल्याउनु भएको छ ।
यस क्षेत्रमा सरल र सहज ढंगबाट उच्च स्तरको भिडियो एक्सरे, माइनर अर्पेसन, २४ सै घण्टा इमर्रजेन्सी सेवा लगायतमा गुणस्तरीय स्वास्थ्य सेवा दिने अभिप्रायले चार नम्बर तौलिहवा रोडमा चन्द पोलिक्लिनकको सेवा शुभारम्भ भएको हो ।
पोलिक्लिनकको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे (प्रमुख अतिथि) र उहाँकी आमाले रिबन काटेर पोलिक्लिनिकको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै डा. चन्दले आफूले कपिलवस्तुको स्वास्थ्य सेवाको क्षेत्रमा केही गर्न चाहेको बताउनु भयो । लामो समय कपिलवस्तु सामुदायिक अस्पतालमा काम गरेपछि यहाँको स्वास्थ्य अवस्था र जनताको स्तर बुझेकाले सोही अनुसार सरल र सहज रुपमा स्वास्थ्य सेवा दिने विश्वास चन्दले दिलाउनु भयो । दक्ष जनशक्ति, बढ्दो प्रविधिसहितका स्वास्थ्य औजार र विरामीसंगको सहज प्रस्तुतीसहित आफूले सेवा दिने उहाँको भनाई छ ।
उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले पोलिक्लिनिकबाट सहज र सरल रुपमा जनताले सेवा पाउनेमा विश्वास ब्यक्त गर्नुभयो । लामो समय काम गरेका डा. दिपेन्द्र चन्द आफूमै अनुभवी डाक्टर भएकाले गुणस्तरीय सेवा पाउनेमा आफू ढुक्क रहेको भन्दै जनउत्तरदायी भएर सेवा दिन घिमिरेले आग्रह गर्नुभयो ।
सेवा शुभारम्भ कार्यक्रममा रोटरी क्लव अफ कपिलवस् अध्यक्ष माधव भाट क्षेत्री, पुर्व अध्यक्ष लक्ष्मण अधिकारी, समाजसेवी दुर्गा बहादुर सेन, बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँण, पुर्व अध्यक्ष पदम सेन, कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष कृष्ण पोखरेल, कपिलवस्तु उद्योग बाणिज्य संघका सचिव कोपिल पौडेल, कोषाध्यक्ष बिनोद पन्त लगायतको सहभागिता रहेको थियो ।
सेवा शुभारम्भसंगै पोलिक्लिनिकमा एक हप्तासम्म विशेष छुटमास्वास्थ्य परिक्षण सेवा, निशुल्क सुगर जाँचको सुविधा दिइएको छ भन औषधी खरिदमा ५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ । चन्दका अनुसार एक्सरे, भिडियो एक्सरे, ल्याव परिक्षणमा २० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । पछिल्लो समय बाणगंगामा स्वास्थ्य संस्था थपिने क्रम बढ्दो छ ।







प्रतिक्रिया