२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मुख्यमन्त्री शाक्यद्धारा १४ सांसदमाथि भएको कारवाही फिर्ता लिन माग




काठमाण्डौँ ।
वाग्मती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव कुमार नेपाल समुहका १४ जना संसादमाथि भएको कारबाही फिर्ता लिन माग गर्नु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको मद्धतमा मुखय मन्त्री बन्न सफल शाक्यले १४ सांसद माथिको कारबाही फिर्ता मागेपछि ओली समुह अचम्ममा परेको छ ।

यसअघि ओलीसँगको संघर्षका क्रममा अग्रभागमा भुमिका निर्वाह गरेकी शाक्य एकाएक ओली पक्षबाट मुख्यमन्त्री बनेको भन्दै धेरैले उनको राजनीतिक नैतिकताबारे प्रश्नसमेत उठाए ।

तर, माधव नेपाल समूह छोडेर मुख्यमन्त्री भएको भोलिपल्टै शाक्यले अर्को ‘सरप्राइज’ दिएपछि पार्टी भित्रै चर्चा सुरु भएको छ । । उनले ओलीसँग नरहेको सन्देश दिँदै एमालेको तेस्रो धारका नेताहरुको समूहमा मिसिएर संयुक्त अपिल जारी गरेकी गर्नु भएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८ शुक्रबार ००:००  २ : १३ बजे