२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

रुकुम पश्चिमको ठूली दहमा बेपत्ता दाजुभाइको शव भेटियो



रुकुम पश्चिम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा रहेको ठूली दहमा डुबेका दाजुभाइको शव भेटिएको छ । दहमा पौडी खेल्ने क्रममा मुसिकोट नगरपालिका १ सल्लेका एकै घरका दाजुभाइ बेपत्ता भएका हुन् । बिदाको अवसर पारेर साथीहरूसँग घुम्न गएका दाजुभाइ भीमबहादुर र प्रेम थापा दहमा पौडी खेल्ने क्रममा डुबेका थिए । उनीहरू दहमा डुबेको खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ गएको थियो ।

प्रकाशित मिति : ४ भदौ २०७८ शुक्रबार ००:००  ५ : ५९ बजे