मायादेवी अनलाइन, तौलिहवा ।
नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) संगठन विस्तार तथा सुदृढीकरण अभियानमा लागेको छ ।
जिल्ला सम्मलेन नजिकिदै गैरहेका बेला जिल्ला भित्र रहेका पालिकामा अनेरास्ववियू (क्रान्तिकारी)ले कमिटी विस्तारमा तीव्रता दिएको हो । शनिबार यशोधरामा भएको एक भेलाले कमलेश पासवानको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा अब्दुल अलिम मुसलमान, सचिवमा निरज रविदास, सह सचिवमा मो.अजिम मुसलमान, सलमान मुसलमान र कोषाध्यक्षमा मुस्ताक गद्दी सर्वसम्मत चयन हुनुभएको छ ।
नव गठित सदस्यहरुलाई संगठनका केन्द्रीय सचिव नारायण खनालले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो भने संगठनका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश सह संयोजक कमरेड अनुप पोख्रेलले संगठनको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
संगठनका जिल्ला संयोजक हरिश चन्द्र खनालको अध्यक्षतामा भएको भेलामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) यशोधरा गाउँ कमिटी अध्यक्ष हजरत अलि खान, केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज रुपेश पौडेल, नेपाल कम्युनिस्ट पार्टी यशोधरा गाउँपालिका वडा नं. ४ का वडा कमिटी अध्यक्ष रफिउल्ला मुसलमान, वडा कमिटी सचिव रोशन मुसलमान लगायतका नेताहरुको आतिथ्यता रहेको निरज रविदासले बताउनुभएको छ ।







प्रतिक्रिया