२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

विज्ञानको राष्ट्रिय प्रतिस्पर्धामा कपिलवस्तुको होराइजनका अनुसन्धान भए ‘दोश्रो’



मायादेवी अनलाइन, चारनम्बर ।

विज्ञानसम्वद्ध एउटा राष्ट्रियस्तरको प्रतिस्पर्धामा कपिलवस्तुको स्थापित शैक्षिक संस्था होराइजन आवासिय माविले दोश्रो स्थान हासिल गरेको छ ।

विज्ञान शिक्षक समाज नेपाल -unesco द्वारा आयोजित विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत भएको ट्यालेन्ट हन्ट प्रतिस्पर्धा २०२१ मा बाणगंगा नगरपालिका वडा नम्बर ४ सिद्धिपुरमा रहेको होराइजनका अनुसन्धान पोख्रेलले द्धितीय स्थान हासिल गर्न सफल हुनु भएको हो । शनिबार जुम मार्फत गरिएको ग्राण्ड फेनालेमा सो प्रतियोगिताको पुरस्कार बाँडिएको थियो ।

प्रतियोगितामा देशभरका दर्जनौं बिद्यालयबाट सहभागी विद्यार्थीहरुले विज्ञान परियोजना (Science Projectt ) प्रस्तुत गरेका थिए । त्यसमा अनुसन्धान पोख्रेल दोश्रो भएका विद्यालयका प्राचार्य बासुदेव घिमिरेले मायादेवी अनलाइनसंग बताउनु भयो ।

यस सफलतामा खुसी ब्यक्त गर्दै उहाँले मेधावी छात्र पोख्रेले यस कार्यमा खट्ने अन्य विद्यार्थी, बिज्ञान बिषय प्रमुख प्रेमराज पोखरेल, अभिभावक अर्जुन पोखरेल, शान्ता भण्डारी पोख्रेल र शिक्षकहरुलाई धन्यबाद दिनुभयो ।

दोश्रो हुने अनुसन्धानलाई विद्यालयले विशेष सम्मान कार्यक्रम गरी सम्मान दिने पनि उहाँले बताउनु भयो । उहाँले यो सफलता ठुलो सफलता रहेको भन्दै फेरि पनि एकपटक विद्यालयले देशभर चर्चा कमाएको बताउनु भयो । पढाइलेखाई मात्र सवथोक नभएकाले हरेक विद्यालयले विद्यार्थीहरुको अन्तरनिहित क्षमता विकास गर्ने वातावरण गराउनु पर्ने घिमिरेको भनाई छ ।

May be an image of text

प्रकाशित मिति : ६ भदौ २०७८ आइतबार ००:००  १० : ५३ बजे