काठमाडौं ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागियामा गएराति दुई ओटा मोटरसाईकल ठोकिँदा ३ जनाको मृत्यु भएको छ।
प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाईकल र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाईकल राति साढे १० बजे आपसमा ठोकिएका थिए। दुर्घटना २७५६ नम्बरको मोटरसाईकल चालक नुवाकोट गुम्ताङका ४० वर्षीय टुलुराज तामाङ, अर्का मोटरसाइकल चालक बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र सोही मोटरसाइकलमा सवार ३५ वर्षीया सुनैना देवी साहको मृत्यु भएको हो।
उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। यस्तै सिरहाको धनगढीमाई नगरपालिका ६ मा गएराति मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी १८ वर्षीय किशोर रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।







प्रतिक्रिया