२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

झापामा आठ महिने बालिकासहित एकै परिवारका तीन जना मृत भेटिए



काठमाण्डौ ।
झापाको कनकाई नगरपालिका–१ मा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

४० वर्षीय रविन विश्वकर्मा, उहाँकी २९ वर्षीया श्रीमती मुना र आठ महिनाकी छोरी रुविना मृत भेटिएका नगरपालिकाका उपमेयर मञ्जु दाहाल प्रसाईंले जानकारी दिनुभयो ।

तीनै जनालाई आफ्नै घरभित्र बिहान झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीलाई उदृत गर्दै उपमेयर प्रसाईँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार रविनलाई कोरोना भाइरसको सङ्क्रमण भएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७८ सोमबार ००:००  १२ : ४४ बजे