२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कोरोनाका बेला भ्रष्टाचार गर्ने इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षको जेल सजाय



एजेन्सी ।

कोरोना महामारीका बेला गरिब परिवारका बालबालिकालाई खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गर्ने इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षको जेल सजाय तोकिएको छ । पूर्वमन्त्री जुलिआरी बटुबाराले गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै अदालतले १२ वर्षको जेल सजाय तोकेको समाचार संस्था एएफपीले जनाएको छ ।

जाकार्ता अदालतले पूर्व सामाजिक मामिला मन्त्री बटुबाराले अनियमितता गरेको पर्याप्त प्रमाण रहेको जनाएको छ । उहाँलाई जेल सजायसँगै ३५ हजार अमेरिकी डलर बराबरको जरिबाना तिराउनसमेत अदालतले आदेश दिएको छ । अनियमितताको आरोप लागेपछि पूर्वमन्त्री बटुबारालाई प्रहरीले गएको डिसेम्बरमा पक्राउ गरेको थियो । राष्ट्रपति जोको विडोडोले नागरिकको रकमको दुरुपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने बताउनुभएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७८ सोमबार ००:००  ६ : १४ बजे