२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गाँजा बोकेर कतार जान लागेका युवक विमानस्थलबाट पक्राउ



काठमाडौं ।

लागूऔषध गाँजा बोकेर कतार जान लागेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठक छन् । लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार कतार एयरवेजको उडानमार्फत दोहा जान लागेको अवस्थामा पाठकलाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । विमानस्थल प्रहरीका अनुसार स्क्रिनिङका क्रममा पाठकले लगेजमा आयुर्वेदिक औषधिका बट्टाभित्र ८ सय ग्राम गाँजा राखिएको भेटिएको थियो । पक्राउ गरेर विमानस्थल प्रहरीले लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाएको प्रसाईंले बताए ।

प्रकाशित मिति : ८ भदौ २०७८ मंगलबार ००:००  १ : ४८ बजे