२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

निर्वाचन आयोग पुग्यो माधव नेपालसहितको टोली



काठमाडौं ।
प्रस्तावित नेकपा (एकिकृत समाजवादी) नयाँ पार्टीको दर्ता सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् । एकिकृत समाजवादीका केन्द्रीय सदस्य र सांसदहरु चन्द्रागिरी रिसोर्टबाट सिधै निर्वाचन आयोग पुगेका हुन् । आज साढे ११ बजेदेखि ३ बजेसम्म सनाखत गर्ने समय आयोगले दिएको छ।

नयाँ पार्टी दर्ताका लागि केन्द्रीय कमिटी वा संघीय संसदीय दलमा २० प्रतिशत हुनुपर्छ । नेपाल पक्षले साविक नेकपा ९एमाले०मा केन्द्रीय सदस्य रहेका ६० जना र ३१ सांसद आफ्ना पक्षमा रहेको दावी गरेको छ ।

नयाँ पार्टी दर्ताको निवेदन दिँदै ती सबैको हस्ताक्षर नभएकाले आयोगले थपिएका सबैको सनाखत भने लिने छैन् ।

प्रकाशित मिति : ९ भदौ २०७८ बुधबार ००:००  ११ : ३५ बजे