२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

यी हुन् एकीकृत समाजवादी पार्टी दर्ताका लागि हस्ताक्षर गर्ने सांसद र केन्द्रीय सदस्य (सूचीसहित)



काठमाडौं ।
एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पक्षमा एमालेका ३० सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्। बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका ३० सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका हुन्।

२९ जना सांसदले आयोग पुगेर सनाखत गरेको सूची आयोगमा टाँसिकएको छ। झलनाथ खनालले भारतको दिल्लीबाटै सनाखत गरेको जनाइएको छ। दिल्लीमा उपचाररत खनालले भने भौतिक रुपमा सहभागी हुन असम्भव भएको भन्दै मंगलबार दिल्लीस्थत नेपाली राजदूतावासबाटै सनाखतको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई पत्र पठाएका थिए। सोही पत्रका आधारमा आयोगले उनलाई सनाखत गर्ने व्यवस्था मिलाएको नेताहरुको दाबी छ।

सनाखत गर्नेमा पहिलो नम्बरमा माधवकुमार नेपालको नाम रहेको छ।

एमालेका कुल सांसदको २० प्रतिशत वा केन्द्रिय कमिटिको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दल सम्बन्धी अध्यादेशमा उल्लेख छ। सोही अध्यादेश अनुसार माधव नेपालपक्षले एमालेबाट अलग भएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

उनीहरुको निवेदन अनुसार नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि आयोगले आज सनाखत गरेको हो। आयोगले सनाखतका लागि आज विहान ११ बजेदेनि दिउँसो २ बजेसम्मको समय दिएको थियो।

माधव नेपाल पक्षमा आयोगमा उपस्थित भएर सनाखत गर्ने २९ संघीय सांसद
माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
कल्याणीकुमारी खड्का
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
निरादेवी जैरु
प्रेमबहादुर आले
मेटमणि चौधरी
सरला यादव
भवानी खापुङ
पुष्पाकुमारी कर्ण कायस्थ
समिना हुसेन
कृष्णलाल महर्जन
कृष्णकुमार श्रेष्ठ
कलिला खातुन
हिराचन्द्र केसी
धनबहादुर बुढा
गोपालबहादुर बम
पार्वतीकुमारी विशुंखे
लक्ष्मी चौधरी
विना बुढाथोकी
बेदुराम भुसाल
शेरबहादुर कुँवर
ठगेन्द्रप्रकाश पुरी

उदया शर्मा (पौड्याल)
सिंगबहादुर विश्वकर्मा
नन्दा चपाईं
शान्तिकुमारी अधिकारी जिसी

सनाखत गर्ने ५५ केन्द्रीय सदस्य
माधव नेपाल
मुकुन्द न्यौपाने
प्रदीप नेपाल
बेदुराम भुसाल
प्रमेशकुमार हमाल
राजेन्द्रप्रसाद पाण्डे
डा विजयकुमार पौडेल
गंगालाल तुलाधर
प्रकाश ज्वाला
नागेन्द्रप्रसाद चौधरी
जयन्ती राई
तुलबहादुर गुरुङ
जगन्नाथ खतिवडा
प्रतापलाल श्रेष्ठ
जीवनराम श्रेष्ठ
धर्मनाथप्रसाद साह
रामचन्द्र यादव
यदुवंश झा
रत्नेश्वर गोइत यादव
श्रीप्रसाद बैठा धोवी
लक्ष्मण पौडेल
मदनकुमारी शाह (गरिमा)
विरोध खतिवडा
मेटमणि चौधरी
विश्वनाथ प्याकुरेल
प्रेमलकुमार खनाल
विजय गुरुङ
सावित्रा भुसाल
रामकुमारी झाँक्री
गौरा प्रसाईं कोइराला
रामकुमार ज्ञवाली
खगेन्द्र चुडाल
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
कल्याणीकुमारी खड्का
शत्रुघन महतो
रामचन्द्र साह
दिनेशकुमार राई
हंशबहादुर शाही
शेरबहादुर केसी
निरादेवी जैरु
प्रेमबहादुर आले
भागवत नेपाली
चुडामणि विक जंगली
घनेन्द्र बस्नेत
राजेन्द्रकुमार राई
बलदेव चौधरी
डा देउमान सम्बाहम्फे
भाष्कर काफ्ले
कृष्णप्रसाद खनाल
मोहम्मद महफुज अन्सारी
हरिप्रसाद पराजुली
केदार न्यौपाने

सनाखत गरेका तर निर्णय हुन बाँकी सांसदहरु
माया ज्ञवाली
तुलसा थापा
सोमप्रसाद पाण्डे
सरलादेवी सुवेदी

प्रकाशित मिति : ९ भदौ २०७८ बुधबार ००:००  २ : ५० बजे