बुटवल ।
रुपन्देहीको दानव खोलामा आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा सम्मरीमाई गाउँपालिका–३ पिपरहवाका २३ वर्षीय बब्लु लोध बेपत्ता भएका हुन् ।
शुक्रबार बिहान ६ बजेतिर बेपत्ता भएका लोधको खोजीका लागि स्थानीय र प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।







प्रतिक्रिया