विकास बन्जाडे, बुद्धभूमि ।
विगत १० दिनदेखि अर्घाखाँचीको शीतगंगा नगरपालिका ७ जलुके स्थित बाक्सी भीरमा पहिरो जाँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
लगातारको बर्षासँगै निरन्तर पहिरो जाँदा अर्घाखाँचीको शीतगंगा नगरपालिकाको अमराइ देखि जुकेना जलुके हुँदै लामाताल जाने सडक अवरुद्ध हुँदा विगत १० दिनदेखि स्थानीय बासिन्दालाई आवत जावतमा कठिनाई हुँदा समस्यामा परेका हुन् ।
प्रहरी चौकी जलुकेका प्रहरी सहायक निरिक्षक अनकमान वि एमका अनुसार पहिरो निरन्तर आएकाले सडक अवरुद्ध बनेको हो ।
स्थानीय बासिन्दा पिताम्वर सारुका अनुसार पहिरो पन्छाउन कसैले ध्यान नदिँदा कोभिड १९ माहामारी अर्घाखाँचीमा बढिरहेका बेला गाउँमा कोही विरामी परे उपचार लगायतका दैनिक कार्यमा समस्या भएको गुनासो छ ।
उता, शीतगंगा नगरपालिका प्रमुख सूर्य प्रसाद अधिकारीले बाटो अवरुद्ध हुँदा समस्या भएपनि बैकल्पिक सडकका रुपमा कल्लेरी हुँदै आवतजावत गर्न सकिने दावी गर्दै बजेट अभावमा ठुलो पहिरो खसेकाले आकस्मीक कोष अभावमा पहिरो पन्छाउन नसकिएको स्वीकादै प्रदेश र केन्द्र सरकारबाट कुनै सहयोग नआएको भएपनि बर्षा रोकिए पछि अवरुद्ध सडक सुचारु गर्न लागि पर्ने बताउनुभयो ।
पहिरो गएको स्थान अमराई देखि झन्डै २० किलोमिटर दुरीमा रहेको जलुके प्रहरी चौकी अर्घाखाँचीले जनाएको छ ।







प्रतिक्रिया