२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नारायणघाट-मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो



काठमाण्डौ ।
नारायणघाट मुग्लिन सडक खण्ड दुईतर्फी रुपमा नै सञ्चालनमा आएको छ । गएराति १७ किलोमा सडक भासिएपछि एकतर्फी मात्र सञ्चालन भएको सडक अहिले दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ । लगातार पानी परेर सडक भासिएपछि सडकमाथिबाट डाइभर्सन बनाएर एकतर्फी मात्रै गाडी आवतजावत गर्दा १७ किलो आसपासको क्षेत्रमा जाम थियो । अहिले भने गाडीहरु गन्तव्यतर्फ लाग्न थालेकाले जाम कम भएको छ ।

पूर्व(पश्चिम राजमार्गको पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो र बर्दघाटमा नदीले कटान गरेका कारण बन्द सडक भने एकतर्फी खुलेको छ । कटान गरेको ठाउँमाथिबाट बाटो बनाएपछि अहिले एकतर्फी रुपमा गाडी सञ्चालनमा आएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यस्तै कर्णाली राजमार्ग अन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ चिसापानीमा गएको पहिरो अझै हटाइएको छैन । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएकाले बिन्द्रासैनी नगरपालिका आसपासका क्षेत्रमा गाडी चल्न सकेका छैनन् । यस्तै डोटीको बुडर–जोरायल सडक खण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । हिजो बिहान जोरायल गाउँपालिका–२ बिछल खोला नजिकै पहिरो खस्दा बन्द भएको यो सडक आज बिहानदेखि सञ्चालनमा आएको हो । बुडर–जोरायल सडक खण्ड सञ्चालनमा आए पनि दिपायल–गड्सेरा, वीपीनगर–निरौली लगायतका सडक भने अझै बन्द रहेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७८ शनिबार ००:००  १२ : २८ बजे