२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन



काठमाडौं ।

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन्। आइतबार बसेको नेकपा एकीकृत समाजवादी को संसदीय दलको बैठकले नेपाललाई नेता चयन गरेको हो। नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा २३ सांसद छन्। बुधरबार निर्वाचन आयोगले एकीकृत समाजवादीको दलको मान्यता पाएको हो। शुक्रबार आयोगले एकीकृत समाजवादीका २३ सांसदको नाम संसद सचिवालयमा पठाएको थियो।

यसैबीच एकीकृत संसदीय दलको राष्ट्रिय सभामा संसदीय दलका नेतामा बेदुराम भुसाल चयन भएका छन्। एकीकृत समाजवादीका राष्ट्रिय सभामा ७ सांसद छन्।

प्रकाशित मिति : १३ भदौ २०७८ आइतबार ००:००  २ : १८ बजे