६ असार २०८३, शनिबार | Sat Jun 20 2026

माओवादी केन्द्रका नेता वामदेव क्षेत्री लुम्बिनी प्रदेशको योजना आयोगमा नियुक्त



बुटवल ।

लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन्।मन्त्रिपरिषदको आइतबारको बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो। आर्थिक विषयमा चासो राख्ने उनी माओवादी केन्द्रका नेता हुन्।

यस्तै आयोगको सदस्यमा शिवपुजन यादव, दामोदर भुसाल नियुक्त भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए। ५ सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गर्ने उनले बताए।

प्रकाशित मिति : १३ भदौ २०७८ आइतबार ००:००  ७ : ०१ बजे