६ असार २०८३, शनिबार | Sat Jun 20 2026

माधव नेपालको पार्टीले मन्त्री बन्न मापदण्ड बनाउने



काठमाडौं ।

माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) ले निर्धारित मापदण्डका आधारमा पार्टीका तर्फबाट मन्त्रिपरिषदमा सामेल हुने व्यक्तिको छनोट गर्ने भएको छ । सो पार्टीले सरकारमा सामेल हुनका लागि निश्चित मापदण्ड तयार पार्ने र सो मापदण्डमा टेकेर मन्त्रीका लागि प्रस्ताव गर्ने भएको हो ।

यसअघि पार्टी सदस्यताका लागि पनि सो पार्टीले मापदण्ड निर्धारण गर्दै सरकारी कर्मचारी, शिक्षक तथा प्राध्यापक, भ्रष्टाचारीलाई पार्टीको सदस्यता नदिने नीति सार्वजनिक गरेको थियो । पार्टीमा मन्त्रीका आकांक्षी बढेपछि निश्चित मापदण्ड बनाएर मापदण्डका आधारमा पार्टीका तर्फबाट मन्त्रिपरिषदमा सामेल हुने व्यक्तिको छनोट गर्न लागिएको नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभा संसदीय दलका नेता समेत रहेका डा. बेदुराम भुसाल बताए ।

‘मन्त्रीका आकांक्षी बढ्नु स्वभाविक हो । तर हामी एउटा निश्चित मापदण्ड बनाएर मात्रै सरकारमा जाने प्रयासमा छौ’, भुसालले रातोपाटीसँग भने, ‘भुगोलसहितको समावेशीता र इतिहास र वर्तमानलाई समेत जोड्ने गरी मापदण्ड बन्छ ।’

प्रकाशित मिति : १४ भदौ २०७८ सोमबार ००:००  १ : ११ बजे