६ असार २०८३, शनिबार | Sat Jun 20 2026

गगन थापाले कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने



काठमाडौं ।

कांग्रेस नेता गगन थापाले नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। आउँदो मंसीरमा हुने १४ औं महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार बन्ने घोषणा उनले गरेका हुन्। सोमबार काठमाडौं महानगरपालिका वडा नं ३० को कांग्रेस कार्यकर्ता भेलामा थापाले यस्तो घोषणा गरे। ‘मैले कार्यकर्ता भेलामा औपचारिक घोषणा गरेको हुँ’, गगनले नेपाल लाइभसँग भने, ‘म महामन्त्रीको उम्मेदवार बन्छु।

प्रकाशित मिति : १४ भदौ २०७८ सोमबार ००:००  १ : २० बजे