७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

प्रदेश १ः एमाले छाडेर १० सांसदले गरे नेकपा एसमा सनाखत



विराटनगर ।

प्रदेश १ का नेकपा एमालेका १० जना सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) रोजेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमाले छाडेका १० प्रदेश सांसदले नेकपा एसको पक्षमा केहीबेरअघि सनाखत गरे ।

प्रदेश १ को सभामा नेकपा एमालेका ५१ जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका १० जनाले नेकपा एस रोजेसँगै मुख्यमन्त्री भीम आचार्य एक सातामै अल्पमतमा परेका छन् । नेकपा एमाले छाड्ने प्रदेशसभा सदस्यहरू यस प्रकार छन् ।

१. राजेन्द्र राई

२. राजन राई

३. पदमकुमारी गुरुङ

४. सरिता थापा

५. सुनिता चौधरी

६. उपेन्द्र घिमिरे

७. कृष्णकुमारी राई

८. गणेश काङवाङ

९. खिनु लङ्वा लिम्बु

१०. सावित्री रेग्मी

प्रकाशित मिति : १६ भदौ २०७८ बुधबार ००:००  २ : ३१ बजे