२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा



काठमाण्डौँ ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्।आफूले पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाइसकेको यादवले सेतोपाटीलाई बताए।

‘मैले राजीनामा केन्द्रीय कार्यालयमा बुझाइसकेको छु,’ संयोजक यादवले भने।भदौ १८ मा कांग्रेसले देशका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भनेको थियो। तर ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन सकिएको छ।

नययमपलष्नजतकबलष्mब दयह बम द्द
बाँकी २१ जिल्लामा अहिलेसम्म अधिवेशन सुरू भएको छैन। ती जिल्लाका क्रियाशील सदस्यको नाम सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई बुझाएका छैनन्। सभापतिले नाम दिएपछि निर्वाचन समितिले पार्टी वेबसाइटबाट सार्वजनिक गर्ने प्रचलन छ।

सभापति देउवाकै गृहजिल्ला डडेल्धुरामा अहिलेसम्म वडा अधिवेशन भएको छैन। क्रियाशील सदस्यतामा देखिएको विवादले गर्दा भदौ १८ बाट २२ हुँदै २५ गतेका लागि अधिवेशन सरे पनि जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले वडा अधिवेशन स्थगित गर्न माग गरिरहेका छन्।

जिल्लाबाट पठाइएका क्रियाशीलको नाम हटाएर केन्द्रबाट नयाँ नाम थपेर पठाइएको भन्दै डडेल्धुरामा विवाद छ। तर सभापति देउवा पक्षले भने बागी उम्मेदवार लगायतको मात्रै नाम हटेको बताउने गरेको छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिका अनुसार काम नहुने र विवाद देखिएपछि निर्वाचन समितिका संयोजक यादवले राजीनामा दिएका छन्।

उनको राजीनामा स्वीकृत भइसकेको छैन। संयोजक यादवले बिहीबार नै राजीनामा दिएका थिए। गाउँपालिका र नगरपालिकामा भदौ २७ मा अधिवेशन गर्ने कार्यतालिका छ।

निर्वाचन समिति संयोजकको राजीनामा र २१ जिल्लामा क्रियाशील सदस्यताबारे अझै विवाद रहेकोले महाधिवेशन कार्यतालिका प्रभावित हुने देखिएको छ।

प्रकाशित मिति : २५ भदौ २०७८ शुक्रबार ००:००  ८ : २६ बजे