२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदौ २९ सम्मका लागि स्थगित



काठमाण्डौ ।

प्रतिनिधि सभाको बैठक भदौ ३९ गते मङ्गलवारसम्मका लागि स्थगित भएको छ । एमाले सांसदले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले संसद् बैठक आउँदो मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।

यसअघि गएका दुई वटा बैठकमा पनि एमालेका सांसदहरूले विरोध गरेका थिए । एमालेको विरोध र नाराबाजीकै बीचमा सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७८ आइतबार ००:००  ३ : २० बजे