८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

४४ लाख डोज खोप लिन वाइडबडी जहाज राती बेइजिङको लागी उड्ने



काठमाडौं ।
कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी जहाज आज ९विहिबार० राती ११ बजे बेइजिङ उड्ने भएको छ ।

सरकारले चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप लिन निगमले जहाज पठाउने निर्णय गरेको निगमका अपरेसन प्रमुख बरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिए। वाइडबडी ३३० जहाज पहिलो खेप खोप लिएर शुक्रबार दिउँसो दुई बजे आइ पुग्ने उनको भनाई छ । बुधबार साँझ ६ बजे वेइजिङ जाने तयारी गरे पनि प्राविधिक कारणले जहाज उड्न नसके पछि विहीबार उड्ने भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७८ बिहिबार ००:००  १ : ११ बजे