२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

अफगानिस्तानमा महिला मन्त्रालय खारेज



एजेन्सी ।
तालिबानले अफगानिस्तानको महिला मन्त्रालय खारेज गरेर त्यसको ठाउँमा आफ्नो पूर्वकार्यकालको नैतिकतासम्बन्धी मन्त्रालय ब्युँत्याएको छ। केही दिनअघि बनाएको सरकारमा महिला मन्त्रालय राखिएकोमा त्यो बन्द गरिएको हो।

तालिबानले सन् १९९६ देखि २००१ सम्मको शासनकालमा नैतिकतासम्बन्धी मन्त्रालयका माध्यमबाट कडा इस्लामिक शासन लागू गरेको थियो। यही मन्त्रालयले महिलामाथि कडा प्रतिबन्ध लागू गरेको थियो।

शुक्रबार तालिबानले महिला मन्त्रालय खारेज गरेर यसको ठाउँमा सद्गुण र दुर्गण निर्धारण गर्ने नैतिक मन्त्रालय स्थापना गरेको हो। तालिबानको यो कदमसँगै पछिल्लो २० वर्ष अफगान महिलाहरुले निरन्तर कडा संघर्ष गरेर पाएका आधारभूत अधिकारहरु अहिले फेरि गुम्ने खतरा भएको छ।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  १२ : ५८ बजे