७ असार २०८३, आइतबार | Sun Jun 21 2026

गायिका विष्णु माझी जनसेवाश्रीबाट विभूषित



काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले प्रवल जनसेवाश्रीबाट विभूषित गरेको छ। ​
हालसालै बजारमा आएको तीजको गीत चरी जेलैमा सर्वाधिक चर्चामा आएपछि माझीलाई सार्वजनिक हुन जनस्तरबाट दबाव बढ्दै जाँदा उनको अवस्था बुझ्न स्याङ्जा प्रहरी उनको माइती घर पुगेको थियो। निकै चर्चित गीत गाउँदै आएकी माझी भने कुनै कार्यक्रममा पनि सार्वजनिक भएकी छैनन्।

माझीसँगै प्रवल जनसेवाश्री पाउने गायकमा देविका प्रधान, कुलेन्द्र विश्वकर्मा र चन्द्र प्रसाद शर्मा छ। सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई विभूषणबाट सम्मान गर्दै आएको छ। उक्त विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने छ।

प्रकाशित मिति : ३ आश्विन २०७८ आइतबार ००:००  ७ : ४५ बजे