७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनीको पहिलो स्थापना दिवसको कार्यक्रम सम्पन्न




कपिलवस्तु ।
लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनीको पहिलो स्थापना दिवस एक कार्यक्रम गरी मनाइएको छ । बर्ष २०२१र२२ कि अध्यक्ष सबिता पौडेल सापकोटाको अध्यक्षता, संस्थापक अध्यक्ष लक्ष्मी गैरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पुर्णिामा रेग्मीको संचालन रहेको थियो ।

स्थापना दिवसको अवसरमा आयोजना गरीएको उक्त कार्यक्रममा क्लवकी प्रथम उपाध्यक्ष अनिता जिसिले स्वागत मन्तव्य राख्दै समजमा आउने सम्पुर्ण समस्यालाइ सम्पुर्ण ब्याक्ति संघ सस्था मिलेर समस्याको समाधान गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै क्लवका सम्पुर्ण सदस्यहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर सामाजिक काममा अग्रसर हुनका लागि एक अर्का बिच हातेमालो गर्दै आगडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  ६ : २६ बजे