२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

एकीकृत समाजवादीले आज महासचिव चयन गर्दै



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले आज महासचिव चयन गर्ने भएको छ। काठमाडौंमा मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव चयन गर्ने एजेन्डा भएपछि बैठक एक दिन पछि धकेलिएको हो। प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सम्भावित महासचिवबारे भने खुलाउन चाहेनन्। बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ। आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पनि टुंगो लगाउने तयारी छ। बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने, बुलेटिन प्रकाशन गर्ने र चुनाव चिह्न टुंगो लगाउने खतिवडाले बताए।

प्रकाशित मिति : ७ आश्विन २०७८ बिहिबार ००:००  ८ : ३५ बजे