७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बालबालिकालइ दशैंअघि नै खोप ल्याउँछौं : राज्यमन्त्री श्रेष्ठ



चितवन ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताए। शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैंअघि एक लाख डोज खोप ल्याइने बताए।

बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ। ‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ‚’ राज्यमन्त्री श्रेष्ठले भने‚ ‘फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ।’

आगामी चैत महिनाभित्र कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए। उनले भने, ‘अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्षमाथिकालाई खोप लगाइएको छ।’

भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनले जानकारी दिए।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  १२ : ५१ बजे