७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

तिनाउ नदिमा मृत अवस्थामा फेला परेका बालकको पहिचान खुल्यो




बुटवल ।

आज बिहान तिनाउ खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका बालकको पहिचान भएको छ । मृत अवस्थामा फेला परेका ७ वर्षीय बुटवल ३ आदर्शनगर बस्ने सुजल सारू रहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि मदन कुँवरले जानकारी दिए।

आज बिहान उनी सहित ३ जना साथीहरू खेल्न जाने क्रममा डुबेर मृत्यु भएको कुँवरले जानकारी दिए। शवको पोष्टमाटको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याईएको उनले जानकारी दिए। घटनाको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  १ : १७ बजे