७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला



काठमाडौँ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ।

निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए।

उनका अनुसार शवको पहिचान हुनसकेको छैन। लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन्।

शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आइतबारमात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  १ : ०३ बजे